
१३ जेठ, अर्घाखाँची । सन्धिखर्क -४ वाङला अमलडाँडामा चितुवाको आक्रमणबाट सात वर्षीय बालकको मृत्यु भएको छ ।
गुल्मीको रेसुङ्गा घर भई सो स्थानमा बस्दै आएका सम्राट नेपालीको विहीबार चितुवाको आक्रमणबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले जानकारी दिए ।
भगवती आधारभूत विद्यालयमा कक्षा २ मा अध्ययनरत ती बालक मामाघर बस्दै आएका थिए । खेल्न गएका बेला उनलाई चितुवाले आक्रमण गरेको थियो । चितुवाले घरभन्दा करिब एक किमी टाढा लगेर बालकलाई मारेको अवस्थामा स्थानीयवासीले फेला पारेपछि प्रहरीलाई खबर गरेको प्रनाउ थापाले बताए ।
लेखकको बारेमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4