
काठमाडौं । गायक नितेशजंग कुँवर र गायिका तथा भ्लगर समृद्धि राई अहिले प्रेममा छन् । यी दुई लभबर्डको पे्रम अब चाहिं गोप्य रहेन । नितेश र समृद्धि दुवैले इन्स्टाग्राममार्फत प्रेमको खुलासा गरेका छन् । नितेशले ‘विथ माइ क्वीन’ लेख्दै समृद्धिलाई अंकमाल गरेको तस्वीर सेयर गरेका छन् ।
समृद्धिले पनि नितेशको उक्त स्टोरीलाई सेयर गरेकी छन् । केही दिनअघि नितेशको बर्थडे पार्टीमा समृद्धि पुगेपछि यी दुईजना प्रेममा रहेको गाइँगुइँ चलेको थियो ।
आफ्ना हिट गीतमार्फत युवापुस्तामा चर्चित नितेश केही वर्षअघि नेपाली संगीतबाट सन्यास लिने बताएपछि चर्चामा थिए । कुनैबेला पत्रकार समेत रहेकी समृद्धिले सन् २०१० मा मिस नेपालमा भाग लिएकी थिइन्, तर उनी अन्तिम पाँचभित्र मात्रै समेटिइन् ।
उनले केही गीत रिलिज समेत गरेकी छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4