
१३ जेठ, काठमाडौं । साताको अन्तिम दिन शुक्रबार सुन चाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ । बिहीबारको तुलनामा सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढेको छ भने चाँदीको मूल्य तोलामा १० रुपैयाँ वृद्धि भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
बढेको मूल्यअनुसार छापावाल सुनको मूल्य ९८ हजार रुपैयाँ पुगेको छ भने तेजावी सुनको मूल्य ९७ हजार ५ सय रुपैयाँ पुगेको छ । यस्तै चाँदीको मूल्य तोलामा १ हजार २८० रुपैयाँ पुगेको छ ।
बिहीबार ९७ हजार ८ सय रुपैयाँमा छापावाल, ९७ हजार ३ सय रुपैयाँमा तजावी र १ हजार २७० रुपैयाँमा चाँदीको कारोबार भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4