
१३ जेठ, काठमाडौं । भक्तपुरमा सरकारी जग्गा बिक्री गरेर ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
भक्तपुरको साविक सुडाल गाविस–४ को कित्ता नम्बर ३९९ को ४ आना सरकारी जग्गा व्यक्ति हो भनी बिक्री गर्न ५ करोड बैना लिएको आरोपमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा भक्तपुरको चागुनारायण नगरपालिका–७ का केशवप्रसाद अधिकारी र भक्तपुर नगरपालिका–८ का ५८ वर्षका ईश्वर गाईजु रहेका छन् ।
उनीहरुले खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ का धनीराम राई समेतसँग जग्गा बैनावापत ५ करोड २० लाख रुपैयाँ उपत्यका अपराध अनुसन्धान महाशाखाका प्रवक्ता एसपी कृष्ण कोइरालाले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4