
१४ जेठ, काठमाठौं ।सभामुख अग्निप्रसाद सापकोटाले सरकारले आगामी आर्थिक वर्षका लागि ल्याउन लागेको बजेटका सम्बन्धमा जानकारी लिएका छन् ।
शनिबार बिहान सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले सभामुख सापकोटासमक्ष बजेट एवम् प्राथमिकताका सम्बन्धमा जानकारी गराएका हुन् ।
भेटका क्रममा सभामुख सापकोटाले संघीय संसदको बजेटसँग जोडिएका विषयमा स्मरण गराएका थिए ।
अर्थमन्त्री शर्मासँगै संघीय संसदका महासचिव डा भरतराज गौतम, प्रतिनिधि सभाका सचिव गोपालनाथ योगी, अर्थ सचिव मधुकुमार मरासिनीलगायतको उपस्थिति थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4