
१४ जेठ, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली पुरुषसँग विवाह गर्ने विदेशी महिलालाई ७ वर्षपछि मात्र नागरिकता दिने कानुनी व्यवस्था नगर्ने संकेत गरेका छन् ।
सरकारको नीति तथा कार्यक्रममाथि उठेको प्रश्नहरुको जवाफ दिने क्रममा प्रधानमन्त्री देउवाले दलहरुसँग छलफल गरेर नागरिकता वियेधक ल्याइने बताए । नेपाली नागरिकका छोराछोरीले समेत नागरिकता पाउन नसक्नु ठूलो अन्याय भएको भन्दै उनले भने, ‘यससम्बन्धमा छलफल सहमति गराएर दिने पक्षमा छौं ।’
तर राज्य व्यवस्था समितिले प्रस्ताव गरेअनुसार नेपाली पुरुषसँग बिहे गर्ने विदेशी महिलालाई ७ वर्षपछि मात्र नागरिका दिने व्यवस्था गर्न राष्ट्रिय सहमति चाहिने बताए ।
‘बिहे गरेको ७ वर्षपछि कि ५ वर्षपछि भन्ने सम्बन्धमा राष्ट्रिय सहमति चाहिन्छ,’ प्रधानमन्त्री देउवाले अघि भने, ‘अहिले बिहे गरेको भोलिपल्ट नागरिक हुन पाउने छ । त्यसलाई हटाउन राष्ट्रिय सहमति चाहिन्छ । कहिले ७ वर्ष भनेको छ, कहिले ५ वर्ष त कहिले ३ वर्ष भनेको छ । हचुवा किसिमले ल्याउने कुरा भएन ।’
प्रतिक्रिया 4