
१४ जेठ, काठमाडौं । मुलुकको कुल व्यापार घाटा ३४.५ प्रतिशत नाघेको छ । अर्थमन्त्री जर्नादन शर्माले संसदमा पवेश गरेको आर्थिक सर्वेक्षण प्रतिवेदनमा चालु आर्थिक वर्षको ८ महिनामा सरकारको व्यापार घाटा ११ खर्ब ६० अर्ब ९९ करोड पुगेको उल्लेख छ ।
आर्थिक वर्ष २०७७/०७८ मा व्यापार घाटा १.६ प्रतिशतले मात्रै बढेको थियो । सो वर्षको ८ महिनाको अवधिमा कुल व्यापार घाटा ८ खर्ब ६३ अर्ब २१ करोड थियो । वस्तु आयात ३८.६ प्रतिशतले बढेर १३ खर्ब ८ अर्ब ७३ करोड पुग्दा निर्यात पनि एक खर्ब ४७ अर्ब ७५ करोड मात्रै रह्यो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4