
१४ जेठ, काठमाडौं । चालु आर्थिक वर्ष ०७८/०७९ को पहिलो ८ महिना अर्थात गत फागुनसम्म २३ हजार ३६२ मूल्य अभिवृद्धि कर (भ्याट)को करदाता थप भएका छन् । यो सँगै नेपालमा मूल्य अभिवृद्धि कर तिर्ने करदाताको संख्या ३ लाख १४ हजार ७६ पुगेको छ ।
फागुनसम्म अन्तशुल्कमा दर्ता हुने करदाताको संख्या १ लाख १६ हजार ५६० पुगेको छ । अर्थमन्त्री जनार्दन शर्माले शनिबार प्रतिनिधिसभामा पेश गरेको आर्थिक सर्वेक्षण २०७८/७९ का अनुसार करको दायरा र क्रमशः विस्तार हँदै गएको छ ।
व्यवसायिक, व्यक्तिगत र करकट्टी गर्ने निकायले लेखा नम्बर समेत गरी २०७८ असारसम्म ४० लाख ६६ हजार १२१ करदाताले स्थायी लेखा नम्बर लिएकोमा फागुनसम्म त्यस्तो संख्या ४६ लाख २४ हजार ६६१ पुगेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4