
१४ जेठ, काठमाडौं । चालु आर्थिक वर्षको राजस्वमा आयातमा आधारित करको हिस्सा बढेको छ । आर्थिक सर्वोक्षण २०७८/७९ का अनुसार आयात बढ्दा राजस्व संकलनसमेत बढेको देखिएको हो ।
आयातमा आधारित कर राजस्वको वृद्धिदर आन्तरिक कर राजस्वको वृद्धिदरभन्दा उच्च रहेको कारण समग्रमा आयातमा आधारित कर राजस्वको हिस्सा बढेको सर्वोक्षणमा उल्लेख छ ।
आर्थिक वर्ष २०७८/७९ को फागुनसम्म आयातमा आधारित कर राजस्व ५४.३ प्रतिशत र आन्तरिक तर्फको कर राजस्वको अंश ४५.७ प्रतिशत पुगेको छ । गत आर्थिक वर्षको सोही अवधिमा आयातमा आधारित कर राजस्वको अंश ४९.३ प्रतिशत र आन्तरिकतर्फको ५०.७ प्रतिशत रहेको थियो ।
आर्थिक वर्ष २०७७/७८ मा कुल कर राजस्व परिचालनमा आयातमा आधारित करको अंश ४८.१ प्रतिशत र आन्तरिकतर्फको करको अंश ५१.९ प्रतिशत रहेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4