+
+

कार्तिक र कियाराको ‘भुल भुलैया २’ सय करोड क्लबमा

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ १५ गते १३:५१

काठमाडौं । कार्तिक आर्यन र कियारा आडवाणी स्टारर बलिउड फिल्म ‘भुल भुलैया २’ले बक्स अफिसमा आक्रामक कमाइ गरिरहेको छ । रिलिजको नवौं दिनमा यो फिल्म सय करोड क्लबमा प्रवेश गरेको छ ।

दक्षिण भारतीय फिल्मले चुनौती दिइरहेका बेला ‘भुल भुलैया २’को व्यापारले बलिउडलाई राहत दिएको छ । यो फिल्मको सफलताले कार्तिकको करिअरलाई पनि थप फाइदा पुर्‍याएको छ ।

फिल्मले शनिबार ११.३५ करोड भारु कमाइ गरेसँगै हालसम्मको कलेक्सन १०९.९२ करोड पुगेको छ । फिल्मको ओपनिङ कमाइ १४.११ करोड थियो ।

‘भुल भुलैया २’को आक्रामक कमाइका कारण एउटै मितिमा रिलिज भएको कंगना रनावतको ‘धाकड’ बक्स अफिसमा कमजोर ठहरिएको छ । शुक्रबार रिलिज भएको आयुष्मान खुराना स्टार ‘अनेक’ पनि बक्स अफिसमा सुस्त छ ।

‘भुल भुलैया २’का निर्देशक अनीष बज्मी हुन्  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?