
१५ जेठ, धनगढी । कैलालीको माेहना नदीमा डुबेर दुई जना बालककाे मृत्यु भएकाे छ ।
धनगढी उपमहानगरपालिका -३ स्थित धनगढीलाई कञ्चनपुरकाे राजघाट जोड्ने पक्की पुलमुनि मोहना नदीमा नुहाउने क्रममा डुबेर बालककाे मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी वेदप्रकाश जोशीले जानकारी दिए ।
मृत्यु हुनेमा धनगढी उपमहानगरपालिका -३ विशालनगरका १० वर्षीय अनुप चौधरी र १२ वर्षीय बुष्णु गुप्ता रहेका उनले बताए । उनीहरू मध्ये चाैधरी नदीमा डुबेपछि निकाल्न गएका गुप्ताकाे पनि डुबेर मृत्यु भएकाे प्रहरीको भनाइ छ ।
दुवै जनाकाे शव नदीबाट निकालेर परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखिएकाे छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4