
१५ जेठ, काठमाडौं । सरकारले किसान पेन्सन योजना अघि सारेको छ । अर्थमन्त्री जनार्दन शर्माले आइतबार संसदमा पेश गरेको आर्थिक वर्ष २०७९÷८० को बजेटमा किसानसँग सरकार कार्यक्रम अघि सारेका हुन् । उनले भनेका छन्, ‘किसान पेन्सन कार्यक्रम सुरु गर्न किसान हित कोष स्थपना गरिनेछ ।’
यो कोषमा हरेक महिना किसानले जम्मा गर्ने रकमको १० प्रतिशत सरकारले जम्मा गरिदिनेछ । उनले भने, ‘कोष स्थापना गर्न विउ पूँजीका रुपमा १ अर्ब छुट्याएको छ ।’
किसान परिचयपत्रका आधारमा सार्वजनिक सेवामा छुट दिइने समेत उनले बताएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4