१५ जेठ, काठमाडौं । क्रोएसियाली सुपरस्टार लुका मोड्रिचले अर्को सिजन पनि रियल मड्रिडमै रहने गरी सम्झौताको नजिक पुगेका छन् ।
पूरा सिजनभरको प्रदर्शनका कारण रियल मड्रिडले बेलोन डी’ओर विजेता मोड्रिचसँगको सम्झौता नवीकरण गर्ने निष्कर्षमा पुगेको बताइएको छ ।
क्लब व्यवस्थापनसँगको छलफलपछि उनी ११औं सिजन सान्टियागो बर्नबेउमा रहन सहमत भएका हुन् । पछिल्लो नवीकरणजस्तै आगामी सिजनका लागि पनि मोड्रिचको तलव र सुविधा थपघट गरिएको छैन ।
३७ वर्षीय मिडफिल्डर मोड्रिच त्यसपछिका सिजनबारे रियलमै आफ्नो भविष्य निश्चित भएको निष्कर्षमा पुगेका छन् । दुई साताअघि मार्का लिएण्डा अवार्ड कार्यक्रममै उनले यो कुरा स्वीकार गरेका थिए ।
प्रतिक्रिया 4