
१५ जेठ, काठमाडौं । सरकारले मेलम्ची खानेपानी विकास समिति र ग्रामीण खानेपानी तथा सरसफाइ कोष विकास समिति खारेज गरेको छ ।
योसँगै अब मेलम्ची खानेपानी आयोजनाको काम खानेपानी तथा ढल निकास विभागले गर्नुपर्ने भएको छ । अहिलेसम्म मेलम्ची खानेपानी विकास समितिले नै मेलम्ची खानेपानी आयोजना निर्माणको काम गर्दै आएको थियो ।
सरकारले आगामी आर्थिक वर्षको बजेटबाट चक्रपथ बाहिर पनि मेलम्चीको खानेपानी वितरणका लागि पाइप बिछ्याउन थाल्ने घोषणा गरेको छ ।
सरकारले यसका लागि १ अर्ब ९२ करोड बजेट छुट्याएको छ । मेलम्ची खानेपानी आयोजनाबाट भरपर्दो पानी पथान्तरण गर्ने, याङ्ग्री र लार्के खोलाको पानी ल्याउन काम सुरु गर्ने घोषणा पनि बजेटले गरेको छ ।
सिस्नेरी र ठोस्नेबाट काठमाडौंमा पानी आपूर्ति गर्ने गरी आयोजना विकास गर्ने घोषणा पनि बजेटले गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4