
१५ जेठ, काठमाडौं । सरकारले सिंहदरबारबाटै ग्याँस सिलिण्डर विस्थापन अभियान सुरु गर्ने भएको छ । आइतबार संसदमा पेश गरेको आर्थिक वर्ष २०७९÷८० को बजेट पेश गर्दै अर्थमन्त्री जनार्दन शर्माले ‘एलपी ग्याँस छोडौं, बिजुली जोडौं’ कार्यक्रम घोषणा गरे ।
यसअनुसार आगामी साउनदेखि सिंहदरबार परिसरबाट ग्याँस सिलिण्डर विस्थापन सुरु गरिनेछ ।
आगामी तीन महिनाभित्र महानगर र उपमहानगरका सार्वजनिक कार्यालय र निवासलाई ग्याँस सिलिण्डर मुक्त बनाइने बजेट वक्तव्यमा उल्लेख छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4