
१५ जेठ, काठमाडौं । सरकारले आगामी तीन वर्षभित्र देशभरका स्थानीय तहका केन्द्रमा पुग्ने सडक निर्माण गर्ने घोषणा गरेको छ ।
२०७९÷८० को बजेट वक्तव्यमार्फत अर्थमन्त्री जनार्दन शर्माले सडक सञ्जालमा जोडिन बाँकी रहेका स्थानीय तहको केन्द्रमा सडक पुर्याउने घोषणा गरेका हुन् ।
साथै सरकारले आगामी दुई वर्षभित्र देशभरका स्थानीय तहको भवन निर्माणको घोषणा गरेको छ । यो आर्थिक वर्षभित्र ७० वटा स्थानीय तहको भवन बन्नेछ । सकेसम्म स्थानीय तहको भवनका लागि सरकारले सरकारी जग्गा उपलब्ध गराउने घोषणा समेत गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4