+
+

समग्रमा बजेट राम्रो आयो : चन्द्र ढकाल

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ १५ गते १९:१६
फाइल तस्वीर

१५ जेठ, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले सरकारले ल्याएको नयाँ बजेट समग्रमा राम्रो भएको बताएका छन् ।

बजेट पछि सञ्चार माध्यमलाई संक्षिप्त प्रतिक्रिया दिंदै ढकालले स्वदेशी उत्पादन र उद्योग प्रवर्द्धन, पर्यटन पूर्वाधार विकासमा बजेटले राहात दिने उनले बताए ।

‘कृषि उत्पादन वृद्धि, स्वदेशी उत्पादन संरक्षण र उद्योग प्रवर्द्धन, पर्यटन पूर्वाधार विकासमा राम्रो बजेट आयो,’ ढकालले भने, ‘निजी क्षेत्रको माग धेरै हदसम्म राम्रो भयो,’ उनले उद्योगको जग्गा हदबन्दी जस्ता बजेटले सम्बोधन गरेको विषय निकै स्रहानीय भएको बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?