
काठमाडौं । पूर्व अर्थमन्त्री एवं नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले सरकारले आइतबार संसदमा पेश गरेको बजेट राम्रो रहेको टिप्पणी गरेका छन् ।
बजेट पेशपछि संसद् भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले नीति तथा कार्यक्रम अनुसारै कृषि क्षेत्रलाई प्राथमिकता दिएको र यसले उत्पादकत्व बढेर आत्मनिर्भरता बढ्ने दाबी समेत गरे ।
‘बजेट राम्रो आएको छ । बजेटको सिद्धान्त र प्राथमिकता नीति तथा कार्यक्रम अनुसार नै कृषि क्षेत्रलाई केन्द्रित गरेर आएको छ,’ उनले भने, ‘कृषि क्षेत्रको उत्पादन वृद्धि गर्ने, उत्पादकत्व वृद्धि गर्ने र यस क्षेत्रमा रहेका जनशक्तिलाई प्रोत्साहित गर्ने खालको बजेट आएको छ ।’
पुनले अगाडि भने, ‘यसले हाम्रो उत्पादनलाई वृद्धि गर्छ र आत्मनिर्भरता बढाउँछ । यसले संरचनात्मक रुपले सुधारको काम गर्छ ।’
पुनले बजेटका अन्य पक्षबारे भने टिप्पणी गर्न चाहेनन् ।
प्रतिक्रिया 4