
१५ जेठ, काठमाडौं । सरकारका प्रवक्ता तथा सूचना, सञ्चार तथा प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बजेट सकारात्मक र कार्यान्वयन योग्य भएको दाबी गरेका छन् ।
सरकारले आइतबार संसदमा पेस गरेको आर्थिक वर्ष २०७९/०८० को बजेटबारे संसद भवन परिषरमा संवाददाताहरुसँग कुराकानी गर्दै कार्कीले अर्थतन्त्रका समस्या समाधान गर्ने जोड पनि बजेटमा भएको बताए।
‘समग्रमा अर्थतन्त्रमा देखिएका समस्या छन्, ती समस्यालाई सम्बोधन गरेर अगाडि बढ्ने उदेश्यका साथ या बजेट आएको छ,’ कार्कीको भनाइ छ, ‘यो बजेट सकारात्मक छ, कार्यान्वयन योग्य छ।’
पूर्व अर्थमन्त्री समेत रहेका कार्कीले बजेटले कषि, उर्जा र व्यापार घाटा कम गर्ने विषयलाई समेत जोड दिएको बताए।
‘यो बजेटले कृषि, उर्जा, पर्यटन र कनेक्टीभिटीलाई महत्वका साथ अगाडि बढाएको छ,’ उनको भनाइ छ, ‘अन्तर्राष्ट्रिय व्यापार असन्तुलनको जुन कुरा छ, त्यसलाई यो वर्ष भित्रमा अन्त्य गर्ने कुरामा जोड दिएको छ। उत्पादन, विकास र रोजगारीलाई यसले प्रोत्साहित गरेको छ।’
प्रतिक्रिया 4