
१४ जेठ, काठमाडौं । त्रिभुवन विश्व विद्यालयका पूर्व उपकुलपति तथा जापानका लागि निवर्तमान राजदूत केदारभक्त माथेमा र वरिष्ठ गीतकार विश्वबल्लभले लेखक शरद् प्रधान लिखित ‘स्मृति विम्ब’ एक समारोहका वीच आर्ट काउन्सिल ववरमहलको सभाकक्षमा संयुक्त रूपमा विमोचन गरे ।
विमोचनपश्चात् सभालाई सम्वोधन गर्दै माथेमाले सरकार र प्रज्ञा प्रतिष्ठानले लगानी गरी गर्नुपर्ने यस्तो महत्वपूर्ण कृति आफैंले गरेको लेखनका लागि लेखकलाई बधाई दिए । प्रकाशकको तरर्फवाट साहित्यपोस्ट डटकमका प्रधान सम्पादक अश्विनी कोइराला, साहित्यकार गोविन्द गिरी प्रेरणा, पत्रकार विमलआचार्य तथा प्रकाश सायमीले कृति र कृतिकाका विषयमा चर्चा गरेका थिए ।
कार्यक्रमको शुरूमा लेखक शरद प्रधानले कृति कसरी लेखियो त्यसको चर्चा गर्दै आगन्तुकहरूको स्वागत गरेका थिए ।‘स्मृति विम्व’ मा मेची पारी जन्मेर उतै साहित्यिक कर्मभूमि बनाएका ३८ सर्जक तथा मेचिपारी जन्मेर नेपाललाई सिर्जनाको भूमिबनाएका ५ सर्जकको स्मृति, जीवनी र कृतित्वको चर्चा रहेको छ ।
प्रतिक्रिया 4