
सरकारले क्याासिनोहरुले तिर्नुपर्ने रोयल्टीको दर बढाएको छ । आर्थिक विधेयक २०७९ले क्यासिनो सञ्चालकले वार्षिक रुपमा ५ करोड राजस्व रोयल्टीबापत तिर्नुपर्ने व्यवस्था गरेको छ । यसअघि यस्तो राजस्वको दर ४ करोड थियो ।
त्यसैगरी आधुनिक मेसिन र उपकरणबाट मात्रै खेलाइने खलका लागि इजाजतप्राप्त कम्पनीले वर्षमा एक रोड ५० लाख रोइली तिर्नुपर्ने भएको छ । यसअघि यस्तो राजस्वको एक करोड मात्रै थियो ।
सरकारले यस्तो क्यासिनो रोयल्टीको शुल्क पुस मसान्तभित्र ४० प्रतिशत, चैत मसान्तभित्र ७० प्रतिशत र बाँकी रकम असार मसान्तभित्र तिरिसक्नुपर्ने गरी नयाँ व्यवस्था पनि गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4