
१६ जेठ, काठमाडौं । सरकारले सौन्दर्य सामग्रीमा कर बढाएको छ । अन्तःशुल्क बढाएर सौन्दर्य सामग्रीको आयात निरुत्साहन गर्ने नीतिअनुसार सरकारले कर बढाएको हो ।
आर्थिक विधेयक २०७९ अनुसार ओठ सज्जाका सामग्रीमा ५ प्रतिशत रहेको अन्तःशुल्क १५ प्रतिशत पुगेको छ । आँखा सजाउने समाग्रीको अन्तशुल्क दर पनि ५ बाट १५ प्रतिशत बनाइएको छ ।
नङपालिस, अनुहारमा लगाउने क्रिम, शरीरमा लगाउने लोसन, पेट्रोलियम जेली लगायतको अन्तशुल्क कर पनि ५ प्रतिशतबाट १५ प्रतिशत कायम भएको छ ।
स्याम्पु, कपाल सिधा र घुमाउरो बनाउने मेसिन, कपाल रङ्गाउने रसायन, कपालमा लगाउने तेल, रङ, क्रिम, कन्डिसनरमा पनि अन्तशुल्क १० बाट १५ प्रतिशत पुगेको छ ।
दन्तमञ्जन, डेन्टल फ्लस, दाह्री काट्ने सामान, पसिना र गन्ध हटाउने सामग्रीहरु तथा अगरबत्तीसम्मको अन्तःशुल्क पनि १० प्रतिशतले बढाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4