+
+

एमाले संसदीय दलको बैठक बस्दै

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ १६ गते १४:४५
एमाले संसदीय दलको बैठकको फाइल तस्वीर ।

१६ जेठ, काठमाडौं । आर्थिक वर्ष २०७९/८० को बजेटबारे छलफल गर्न नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ ।

सोमबार दिउँसो ३ बजे संघीय संसद भवन नयाँ बानेश्वरको ल्होत्से हलमा बैठक बस्ने एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए ।

अर्थमन्त्री जनार्दन शर्माले आइतबार आगामी आर्थिक वर्षको बजेट संघीय संसदको संयुक्त बैठकमा पेश गरेका थिए । उक्त बजेटमाथि पार्टीको धारणा बनाउन बैठक बस्न लागेको भट्टराईले बताए ।

एमालेका नेताहरुले प्रारम्भिक प्रतिक्रियामा आगामी आम निर्वाचन प्रभावित पार्ने गरी स्रोतको ख्यालै नगरी बजेट ल्याएको भन्दै आलोचना गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?