
१६ जेठ, काठमाडौं । सोमबार सुन र चाँदीको प्रतितोला मूल्यमा सामान्य वृद्धि भएको छ ।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा २ सय रुपैयाँले वृद्धि हुँदा चाँदीको मूल्य ५ रुपैयाँले वृद्धि भएको छ ।
सोमबार छापावाल सुनको प्रतितोला मूल्य ९८ हजार २०० र तेजावी सुनको मूल्य ९७ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार छापावाल सुन प्रतितोला ९८ हजार रुपैयाँमा खरिद बिक्री भएको थियो ।
सोमबार चाँदीको प्रतितोला मूल्य ५ रुपैयाँले वृद्धि भई १ हजार २८५ रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार चाँदीको प्रतितोला मूल्य १ हजार २८० रुपैयाँ थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4