+

आईपीएलको पुरस्कार समारोहमा यसरी छाए जस बटलर

२०७९ जेठ  १६ गते १६:४५ २०७९ जेठ १६ गते १६:४५
आईपीएलको पुरस्कार समारोहमा यसरी छाए जस बटलर

१६ जेठ, काठमाडौं । आइतबार राती गुजरात टाइटन्ससँग ७ विकेटले पराजित भएपछि दोस्रोपल्ट इण्डियन प्रिमियर लिग (आईपीएल)को उपाधि जित्ने राजस्थान रोयल्सको योजना सफल हुन सकेन ।

तर, व्यक्तिगत अवार्डमा भने राजस्थानका खेलाडी हाबी रहे । समग्र प्रतियोगिताको प्रदर्शनका आधारमा दिइने व्यक्तिगत अवार्डमा राजस्थानका जस बटलरकै बर्चश्व रह्यो ।

इंग्ल्याण्डका विकेटकिपर ब्याटर जस बटलर यो सिजभर उत्कृष्ट लयमा रहँदा राजस्थानले फाइनलको यात्रा तय गर्न सफल भएको हो । बटलरले प्रतियोगिताको १७ खेलमा १४९ को स्ट्राइक रेट र ५७.५३ को औषतमा सर्बाधिक ८६३ रन बनाए । जसमा चार शतक र ५ अर्धशतक सामेल छ ।

उनले प्रतियोगिताभर सबैभन्दा धेरै ४५ छक्का र ८३ चौका प्रहार ष्रे । उनी सबैभन्दा धेरै तीनपल्ट प्लेयर अफ द म्याच बने ।

फाइनलमा बटलरले ३९ रनमात्र जोड्न सके । तर, १३० रनको योगफल बनाएको राजस्थानका लागि उनी फाइनलमा सर्बाधिक रन बनाउने खेलाडी थिए ।

आईपीएल इतिहासमै एकै प्रतियोगितामा सबैभन्दा धेरै रन बनाउने कीर्तिमान भने बटलरले तोड्न सकेनन् । सन् २०१६ मा विराट कोहलीले एकै सिजन ९७३ रन जोडेका थिए ।

आईपीएल विजेता गुजरात टाइटन्सले २० करोड भारु पुरस्कार पाएको छ । आईपीएलमा सहभागी टिम संख्या बढाउँदा पहिलोपल्ट प्रवेश पाएको टिम हो– गुजरात । मुम्बई इण्डियन्सका पूर्व स्टार हार्दिक पाण्ड्याले नेतृत्व गरेको यो टिमले पहिलो सहभागितामै अविश्वसनीय प्रदर्शन गर्न सफल रह्यो । कप्तान हार्दिकले फाइनलमा बलिङ र ब्याटिङ दुवैतर्फ नेतृत्वदायी प्रदर्शन गरे ।

राजस्थानका जस बटलर सिजनभर सर्बाधिक रन बनाउने खेलाडीका रुपमा अरेन्ज क्याप, मस्ट भ्यालुएबल खेलाडी, धेरै छक्का प्रहार गरेकामा क्रेक इट सिक्सेस अफ द सिजन, धेरै चौका प्रहार गरेकोमा अन द गो फोर अफ द सिजन, पावरप्लेमा धेरै रन बनाएकोमा पावरप्ले अफ द सिजन र गेम चेन्जर अफ द सिजनको पुरस्कार पाए । उनले प्रति अवार्ड १० लाख भारु पुरस्कार पाएका छन् ।

सिजभर सर्बाधिक २७ विकेट लिएका राजस्थानकै लेगस्पिनर युजवेन्द्र चहल पर्पल क्यापसहित उत्कृष्ट बलर बने । हैदराबादका लागि खेलेका उरमान मलिक इमर्जिङ खेलाडी बन्दा तीव्र बलरका रुपमा गुजरातका लोकी फर्गुसन चुनिए । उनले फाइनलमा १५७.३ किलोमिटर प्रतिघण्टाको रफ्तारमा बलिङ गरेका थिए । सबैले जनही १० लाख भारु पुरस्कार पाए ।

आईपीएल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय