+
+

जगदम्बा मोटर्सद्वारा काठमाडौंदेखि भोटेचौरसम्म एनओजी राइड आयोजना

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ १६ गते १७:२८

काठमाडौं । नेपालका लागि टीभीएस मोटर कम्पनीको आधिकारिक वितरक जगदम्बा मोटर्सले काठमाडौंदेखि भोटेचौरसम्मको एनओजी (एन्टर्क ओनर्स ग्रुप) राइड सम्पन्न गरेको छ ।

१४ जेठमा आयोजना भएको उक्त राइड काठमाडौंको महालक्ष्मीस्थानस्थित टीभीएसको युनिराइड  शोरुमबाट सुरु भएर भोटेचौर हेवन हिल  रिसोर्टमा पुगेर सम्पन्न भएको छ ।

टीभीएस एनटर्कका राइडरहरुबीच आत्मीयता बढाउन तथा ग्राहक र कम्पनी बीचको सम्बन्ध थप प्रगाढ बनाउन राइड सफल भएको जगदम्बा मोटर्सको मार्केटिङ नायब कार्यकारी प्रमुख बिक्रम पौडेलले जानकारी दिए ।

सरकारको अनुमति लिएर सञ्चालन भएको राइडमा विभिन्न सडक सुरक्षाको जानकारीका साथै राइडरले अपनाउनुपर्ने नियम र सुरक्षाको जानकारी प्राविधिक टिमले दिएको कम्पनीले जनाएको छ ।

नेपालमा टीभीएस एनटर्क ५० हजार बिक्रीलाई निरन्तरता दिंदै यो राइड आयोजना गरिएको कम्पनीको भनाइ छ ।

राइडमा सहभागीहरुबीच विभिन्न मनोरञ्जनात्मक खेलहरु खेलाइएको थियो भने खेलका विजेतालाई आकर्षक पुरस्कारहरु समेत वितरण गरिएको थियो ।

राइडमा टीभीएस एनटर्कका ७० जना राइडरहरुका साथै मोटो भ्लगरहरु राजकुमार थापा मगर, अलिशा खड्की, ठकुरी भ्लग, आशिष भ्लग लगायतको समेत उपस्थिति रहेको पौडेलले  जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?