
फाइल तस्वीर
१६ जेठ, काठमाडौं । सोमबार काठमाडौंबाट भद्रपुर उड्ने तयारी गरेको बुद्ध एयरको जहाजमा समस्या पहिचान भएपछि यात्रु ओरोलिएको छ ।
त्रिभुवन विमानस्थल स्रोतका अनुसार उडान नम्बर ९०१ को जहाजमा समस्या पहिचान भएपछि यात्रुलाई ओरालिएको हो ।
‘जहाज ‘ट्याक्सी वे’सम्म पुगेको थियो, समस्या पहिचान भएपछि ‘पार्किङ वे’मा फर्काइएको छ,’ स्रोतले भन्यो, ‘समस्या के थियो भन्ने खुलेको छैन । वे’मा फर्काएपछि जहाजबाट यात्रुलाई ओरालिएको छ ।’
बुद्ध एयरका सूचना अधिकारीका अनुसार यात्रुलाई बुद्ध एयरकै अर्को जहाजमार्फत भद्रपुर पठाइसकिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4