
१६ जेठ, काठमाडौं । सरकारले उद्योगलाई दिने विद्युत् महसुल छुटको समय सीमालाई सच्याएको छ ।
आइतबार संसदमा आर्थिक वर्ष २०७९/०८० को बजेट प्रस्तुत गदै अर्थमन्त्री जर्नादन शर्माले बजेटको बुँदा नम्बार ७२ मा मासिक १० करोड भन्दा बढी बिजुली प्रयोग गर्ने उद्योगलाई महसुलमा २ देखि १५ प्रतिशतसम्म छुट दिने घोषणा गरेका थिए ।
तर, आइतबार पत्रकार सम्मेलन गर्दै अर्थ मन्त्रालयले बजेट वक्तव्यमा उक्त बुँदामा ‘मासिक खपत’ भन्ने शब्द उल्लेख भएकोमा त्यो सीमा मासिक नभई ‘वार्षिक’ भएको बताएको हो ।
अर्थ सचिव मधुकुमार मरासिनीले मासिकलाई वार्षिक भनेर बुझ्न आग्रह गरे । उक्त संसोधनसँगै अब वार्षिक १० करोड भन्दा माथि बिजुली खपत गर्ने उद्योगले २ देखि १५ प्रतिशतसम्म छुट पाउने छ ।
बजेटको घोषणाले केही सीमित उद्योगलाई मात्रै फाइदा पुग्ने देखिन्थ्यो । तर, संशोधन पछि भने धेरै उद्योगले यस्तो सुविधा पाउने छन् ।
प्रतिक्रिया 4