+
+

गोरखाको बारपाक सुलिकोट गाउँपालिकाले आइतबार बिदा नदिने

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ १६ गते १९:२५

१६ जेठ, गोरखा । गोरखाको बारपाक सुलिकोट गाउँपालिकाले आइतवार सार्वजनिक बिदा नदिने भएको छ । आइतवार बसेको गाउँकार्यपालिकाको बैठकले सो निर्णय गरेको हो ।

परिक्षणका लागी भन्दै नेपाल सरकारले जेठ १ गतेदेखि लागू हुने गरी शनिवार र आइतवार दुई दिन बिदा दिने निर्णय गरेको छ ।

बिदा बाहेकका अन्य दिन बिहान साढे ९ देखि साँझ साढे पाँच बजेसम्म कार्यालय खुल्ने भनिएपनि बारपाक सुलिकोट गाउँपालिकाले उक्त निर्णय कार्यान्वयन नगर्ने भएको हो ।

आइतवार सार्वजनिक सूचना जारी गर्दै गाउँपालिकाले बिदा बाहेकका अन्य दिन कार्यालय बिहान दश बजेदेखि साँझ पाँच बजेसम्म खुल्ने जनाएको छ ।

शुक्रवार भने बिहान दश बजेदेखि दिउँसो तीन बजेसम्म कार्यालय खुल्ने बताइएको छ । यद्यपी नेपाल सरकारले भने सार्वजनिक बिदा बाहेकका अन्य दिन बिहान साढे ९ देखि साँझ साढे पाँचसम्म कार्यालय खुल्ने निर्णय गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?