
फाइल तस्वीर
१७ जेठ, काठमाडौं । प्रतिनिधि सभाको बैठकमा आजबाट बजेटमाथि सैद्धान्तिक छलफल सुरु हुँदै छ । बिहान ११ बजे बस्ने बैठकमा बजेटमाथि सैद्धान्तिक छलफल सुरु हुने छ ।
अर्थमन्त्री जनार्दन शर्माले जेठ १५ गते संघीय संसदमा १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँको बजेट प्रस्तुत गरेका थिए । उक्त बजेटमा छलफल गर्न र सो क्रममा उठेका प्रश्नको मन्त्रीले जवाफ दिनका लागि सभामुख अग्नि सापकोटाले जेठ १७, १८ र १९ गतेको दिन तोकेका छन् ।
यसैबीच नेकपा एमालेका सांसदहरुले बजेटको ‘भण्डाफोर’ गर्ने जनाएका छन् । बजेटको भण्डाफोर गर्न एमाले अध्यक्ष एवम् संसदीय दलका नेता केपी शर्मा ओलीले आफ्ना पार्टीका सांसदहरुलाई निर्देशन दिएका छन् । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले बजेट दिशाहीन भएको टिप्पणी गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4