
१७ जेठ, धनगढी । कैलालीमा श्रीमान् र श्रीमती मृत अवस्थामा फेला परेका छन् ।
जिल्लाको गोदावरी नगरपालिका–७ बस्ने ६५ वर्षीय हेमबहादुर ऐर र उनकी श्रीमती ५४ वर्षीया पद्मा ऐर मृत फेला परेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) वेदप्रकाश जोशीले हेमबहादुर घर नजिकै रूखमा झुन्डिएको र उनकी श्रीमती घरभित्र धारिलो हतियारले घाँटी रेटेको अवस्थामा मृत फेला परेको जानकारी दिए ।
प्रहरीकाअनुसार शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4