+
+

अभिनेत्रीमाथि दुर्व्यवहारको आरोपमा पक्राउ परेका युवकलाई रिहा गर्न माग गर्दै प्रदर्शन

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ १७ गते १२:०२

१७ जेठ, काठमाडौं । ‘कबड्डी ४’की नायिका मिरुना मगरलाई दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका एक बौद्ध भिक्षुलाई रिहाइ गर्न माग गर्दै प्रदर्शन चर्किएको छ । मंगलबार बिहान युवाको एक समूहले चावहिलस्थित केएल टावर अगाडि प्रदर्शन गर्दै फिल्म ‘कबड्डी ४’विरुद्ध समेत नाराबाजी गरेका छन् ।

उनीहरुले फिल्मको पोस्टर समेत जलाए । मुगु स्थायी घर भएका फुर्वा लामा नामक एक बौद्ध भिक्षुले सुन्धारास्थित सिभिल मलको एक कफी सपमा आफूविरुद्ध दुर्व्यवहार गरेको भन्दै अभिनेत्री मगरले प्रहरीमा उजुरी दिएकी थिइन् ।

उनको उजुरीपछि प्रहरीले लामालाई पक्राउ गरेको हो । पक्राउको विरोधमा कर्णालीका बासिन्दा र लामा समुदायले मंगलबार दिउँसो २ बजे माइतीघर मण्डलामा विरोध प्रदर्शन गर्ने र प्रशासनमा उजुरी दिने कार्यक्रम थियो । तर कार्यक्रम स्थगित भएको छ ।

फिल्मविरुद्ध नै प्रदर्शन चर्किने संकेत पाएपछि मंगलबार बिहान ‘कबड्डी ४’का निर्माता र निर्देशकले बौद्ध गुम्बाका केही लामा अगुवासँग वार्ता गरेको जनाइएको छ ।

निर्देशक रामबाबु गुरुङले बिहानैदेखि तामाङ समुदायका विभिन्न संघसंस्थासँग छलफल सुरु भएको जनाएका छन् । आफूहरु मेलमिलापतर्फ अघि बढ्ने समेत गुरुङले बताए । तामाङ घेदुङ र बौद्ध समाजसँग आफूहरु छलफलमा रहेको उनले जनाए ।

सोमबार ‘कबड्डी ४’का लागि सिनेमा हल पुगेकी अभिनेत्री मगरलाई ती युवाले तीनपटक पछाडिबाट नियोजित ढंगले छोएर दुर्व्यवहार गरेको आरोप छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?