
१७ जेठ, काठमाडौं । साहित्यकार सुरज उपाध्यायको बालकविता संग्रह ‘साइकल’ बजारमा आएको छ । बुधबार छोरी प्राप्तिको जन्मदिनको अवसर पारेर उपाध्यायले नयाँ पुस्तक सार्वजनिक गरेका हुन् ।
कार्यक्रममा स्याङ्जाको फेदीखोला गाउँपालिकाका अध्यक्ष घनश्याम सुवेदीले साहित्यकार सुरजले सत्ता परिवर्तन, विद्रोह र चेतनाका लागि लेखनमार्फत आवाज उठाउँदै आएको बताए । उनले कृति प्रकाशनमा पालिकाले सहयोग गर्ने प्रतिवद्धतासहित ५०० थान पुस्तक खरिद गरी पालिकाका विद्यार्थीलाई वितरण गर्ने प्रतिवद्धता गरे ।
‘साइकल’ उपाध्यायको तेस्रो कृति हो । यसअघि उनको एक गजल संग्रह र चिल उड्यो आकाशमा बालकविता संग्रह प्रकाशन भइसकेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4