
काठमाडौं । बक्स अफिसमा आक्रामक कमाइ गरेको यश स्टारर कन्नड फिल्म ‘केजीएफ : च्याप्टर २’ आगामी शुक्रबार अमेजन प्राइम भिडियोमा रिलिज हुने भएको छ ।
फिल्म जुन ३ देखि स्ट्रिमिङ हुने अमेजन प्राइमले जानकारी दिएको छ । अमेजनको मुभि रेन्टलमा भने यो फिल्म यसअघि नै रिलिज भइसकेको छ ।
प्रशान्त नील निर्देशित यो फिल्मले बक्स अफिसमा विश्वव्यापी रुपमा १२ सय करोड भारु बढी कमाइ गरेको छ । ‘केजीएफ-२’मा यशका अलावा सञ्जय दत्त, रविना टण्डन, प्रकाश राज, श्रीनिधि सेट्टी, अर्चना जोयस लगायतको मुख्य भूमिका रहेको छ ।
मूलतः कन्नड भाषामा बनेको यो फिल्म हिन्दी, तेलुगू, तमिल र मलयालम भाषामा पनि रिलिज भएको थियो । गत अप्रिल १४ मा रिलिज भएको फिल्मले नेपालमा पनि आक्रामक व्यापार गरेको थियो । यो फिल्मका लागि नेपालका केही सिनेमा हलले राति ३ बजेसमेत शो समेत राखेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4