
१७ जेठ, काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिलाई सुधारका काम गर्न सुझाव दिएका छन् ।
स्थानीय तह चुनावको नतिजाले संघ र प्रदेशमा कांग्रेसलाई जिताउन मतदाता आतुर रहेको देखिएको भन्दै उनले प्रदेश र संघीय निर्वाचनमा कांग्रेसलाई बलियो बनाउनका लागि जनप्रतिनिधिले सुधारका काम गर्नु पर्ने बताए ।
काठमाडौं क्षेत्र नम्बर ७ (ख) मा विद्यार्थी विभागले गरेको कार्यक्रममा नेता पौडेलले भने, ‘कांग्रेसलाई केन्द्र र प्रदेशको चुनावमा भोट हाल्न जनता आतुर छन् भन्ने स्थानीय तहको निर्वाचनले देखाएको छ ।’
संघ र प्रदेशमा निर्वाचन जित्नका पार्टीले स्पष्ट दृष्टिकोण निर्माण गर्ने पनि उनले बताए ।
काठमाडौं क्षेत्र नम्बर ७ अन्तर्गतका नगर र वडाबाट निर्वाचित जनप्रतिनिधिलाई बधाई तथा सम्मान गर्नका विद्यार्थी विभागले कार्यक्रम राखेको थियो ।
प्रतिक्रिया 4