
काठमाडौं । फोन पे पेमेन्ट सर्भिस लिमिटेडको प्रमुख टेक्नालोजी अफिसरमा सुवास थापा नियुक्त भएका छन् । सञ्चालक समितिको बैठकले थापालाई टेक्नालोजी अफिसरमा नियुक्त गरेको हो ।
वित्तीय प्रविधि (फिनटेक) उद्योगको क्षेत्रमा ९ वर्ष भन्दा बढी सेवा अनुभव सम्हाली सकेका थापाले नेपाल क्लियरिङ हाउस लिमिटेडमा ’हेड–प्रोडक्ट र सिस्टम डेभलपमेन्ट’ को रूपमा काम पनि गरिसकेका छन् । राष्ट्रिय भुक्तानी स्विच परियोजनाहरू कार्यान्वयनका लागि समेत उनले मुख्य भूमिका खेलेका थिए ।
थापा इन्जिनियरिङ, प्रविधि डिजाइन, समाधान विकास, सरोकारवाला सचेतना र म्यानुअल भुक्तानी प्रक्रियाको डिजिटलाइजेशनको कार्यान्वयनमा सक्रिय रूपमा संलग्न हुँदै आएका छन् ।
कम्प्युटर एप्लिकेसनमा मास्टर डिग्री गरेका थापासँग क्याम्ब्रिज विश्व विद्यालयअन्तर्गत वैकल्पिक वित्तका लागि क्याम्ब्रिज केन्द्रबाट ’क्याम्ब्रिज फिनटेक र रेगुलेटरी इनोभेसन’कार्यक्रम पूरा गरेको अनुभव पनि छ ।
प्रतिक्रिया 4