
१७ जेठ, काठमाडौं । चिकित्सा शिक्षा आयोगले शैक्षिक सत्र २०७८/७९ का लागि चिकित्सा शिक्षाका विभिन्न विषयको शुल्क वृद्धि गरेको छ ।
मंगलबार बसेको आयोगको बैठकले हाल कायम रहेको शैक्षिक शुल्कमा ३.६ प्रतिशतले वृद्धि गर्ने निर्णय गरेको सदस्य सचिव डा.भोजराज काफ्लेले जानकारी दिए ।
गत सालको समग्र मूल्य वृद्धिलाई आधार मानेर शुल्क निर्धारण गरिएको सदस्य सचिव डा.काफ्लेले बताए । उनले भने ‘हामीले गत वर्षको मुद्रास्फीति प्रतिशतलाई आधार मानेर शुल्क निर्धारण गर्ने निर्णय गरेका छौं ।’
शैक्षिक सत्र २०७७/७८ मा आयोगले एमबीबीएस अध्ययनका लागि उपत्यकाभित्रका मेडिकल कलेजमा ४० लाख २३ हजार २५० रुपैयाँ शुल्क तोकेको थियो ।
तर चालु शैक्षिक सत्रमा ४१ लाख ६८ हजार ८७ रुपैयाँ पुगेको छ । उपत्यका बाहिरको मेडिकल कलेजमा एमबीबीबएस अध्ययनको शुल्क ४४ लाख ३६ हजार २५ रूपैयाँबाट बढेर ४५ लाख ९५ हजार ७२१ रुपैयाँ पुगेको छ ।
त्यस्तै बीडीएसका लागि गत शैक्षिक सत्रमा २० लाख १९ हजार ५८० शुल्क तोकिएकोमा यो शैक्षिक सत्रमा बढेर २० लाख ९२ हजार २८४ पुगेको छ । बीएससी नर्सिङ कार्यक्रमको लागि गत शैक्षिक सत्रमा विद्यार्थीले १० लाख शुल्क तोकिएकाेमा यस वर्ष बढेर १० लाख ३६ हजार रुपैयाँ पुगेको छ ।
हेर्नुहोस् शुल्कको सूची
कार्यक्रम | बढेको शैक्षिक शुल्क |
एमबीबीएस (उपत्यका भित्र) | ४१,६८,०८७ |
एमबीबीएस (उपत्यका बाहिर) | ४५,९५,७२१ |
बीडीएस | २०,९२,२८४ |
बीएससी नर्सिङ | १०,३६,००० |
बीपीटी/बीएससी एमएलटी/ बीएससी एमआईटी/बीएससी मेडिकल माईक्रोबायोलोजी/बायोकेमेस्ट्री | ७,७७,००० |
बीएएमएस | ११,३१,९३३ |
बीएनएस एन्ड पीबीएन | ५,१८,००० |
बी फार्मा/बीपीएच/बीओपीटीएम/बीएएसएलएपी | ७,७७,००० |
एमडी/एमएस क्लिनिकल | २३,८१,७६४ |
एमडी/एमएस बेसिक साईन्स | १०,८५,८६७ |
एमडीएस क्लिनिकल | २३,८१,७६४ |
एमडीएस बेसिक साईन्स | १०,८५,८६७ |
एमडी आयुर्वेद | ९,५७,६४२ |
एमएन/एमएससी नर्सिङ/एमपीएच | ९,२०२२७ |
एम फार्मा | ५,१९६५७ |
एम.एससी मेडिकल/माईक्रोबायोलोजी/बायोकेमेस्ट्री/एमएससी एमआईटी/एमएलटी | ७,५७,८३४ |
एमएससी बेसिक साईन्स | ७,५७,८३४ |
एम फील क्लिनिकल साईकोलोजी | ३,०४,२१६ |
डीएम/एमएचसी | २५,९०,००० |
प्रतिक्रिया 4