
१७ जेठ, सल्यान । भेरी नदीमा मंगलबार दिउँसोदेखि बेपत्ता भैरहेकी एक बालिकाको शव खोज्दा उनकै गाउँकी अर्की महिलाको शव भेटिएको छ ।
सल्यानको बनगाड कुपिण्डे नगरपालिका वडा नं. ३ पोखराकी अन्दाजी १२ वर्षीया गिता विक पौडी खेल्ने क्रममा मंगलबार दिउँसो ४ बजे नदीमा वेपत्ता भएकी थिइन् ।
कारागाउँको जिउलामा धान कुट्न मिलमा गएको बेला पौडी खेल्दा उनी भेरी नदीमा वेपत्ता भएकी हुन् ।
गीतको खोजी गर्दा गाउँकै अन्दाजी ४० वर्षको पार्वती कामीको शव भेटिएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख डीएसपी सुमित खड्काले बताए ।
मृत भेटिएकी पार्वती पूर्व वडा सदस्यसमेत हुन् । श्रीमान वीरबल कामीको ३ वर्ष पहिला मृगौला रोगबाट मृत्यु भएपछि उनको मानसिक सन्तुलन गुमेको स्थानीयबासिन्दाले जानकारी दिएका छन् ।
पार्वती घरबाट कहिले हराएकी हुन् भन्नेबारे एकीन छैनन् । उनको शव सुर्खेत सिम्ता गाउँपालिका ६ राकमको भेरी नदीमा फेला परेको डीएसपी खड्काले बताए ।
प्रतिक्रिया 4