
१८ जेठ, काठमाडौं । पुष्पलाल मध्यपहाडी राजमार्ग आयोजनाले ठेकेदार कम्पनी स्वच्छन्द–शंकरमाली जेभीलाई स्पष्टीकरण सोधेको छ ।
हटिया–बुर्तिवाङ खण्ड निर्माण कार्यको प्रगति सन्तोषजनक नभएको भन्दै आयोजनाले ७ दिनभित्र स्पष्टीकरण बुझाउन भनेको हो ।
स्वच्छन्द–शंकरमाली जेभीको आधिकारिक प्रतिनिधि इ. हेमराज गुभाजु हुन् । आयोजनाले ७ दिनभित्र आधिकारिक प्रतिनिधि स्वयं कार्यालयमा उपस्थित भई स्पष्टीकरण पेश गर्न र सडक मर्मत तथा निर्माणको काम चाँडो सम्पन्न गर्न भनेको छ ।
अन्यथा प्रचलित कानुन एवम् ठेक्का सम्झौताका शर्तहरु बमोजिम कारबाही प्रक्रिया अघि बढाउने आयोजनाले चेतावनी दिएको छ ।
ठेक्का अन्तर्गत सडक मर्मत तथा निर्माणको काम सन्तोषजनक नभएपछि र लामो समय व्यतित हुँदा पनि कार्य प्रगति सुधार नभएपछि आयोजनाले स्वच्छन्द–शंकरमाली जेभीलाई पटक–पटक मौखिक तथा लिखित निर्देशन दिएको थियो ।
तर हालसम्म पनि कार्य प्रगतिमा सुधार नभएको, पशे भएको कार्यतालिका बमोजिम काम नभएको र काम सम्पन्न गर्ने तर्फ अग्रसर भएको नदेखिएपछि ७ दिनभित्र स्पष्टीकरण बुझाउन भनिएको आयोजनाले जारी गरेको सूचनामा उल्लेख छ ।
प्रतिक्रिया 4