
१८ जेठ, काठमाडौं । गत आइतबार मुस्ताङमा दुर्घटनाग्रस्त तारा एयरको जहाजको ककपिट भिडियो रेकर्डर दुर्घटना जाँच आयोगले आफ्नो जिम्मामा लिएको छ ।
आयोगका सदस्यसचिव बुद्धिसागर लामिछानेका अनुसार आयोगले दुर्घटनाको जाँच समेत सुरु भएको छ । लामिछानेका अनुसार मृतकको शव परीक्षणको काम त्रिवि शिक्षण अस्पतालमा जारी छ ।
सरकारले नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक रतिशचन्द्रलाल सुमनको संयोजकत्वमा छानबिन आयोग गठन गरेको थियो ।
आयोगले दुर्घटनाको कारण पत्ता लगाएर भविष्यमा यस प्रकारको घटना हुन नदिन सुझावसहितको प्रतिवेदन पेश गर्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4