+
+

महालक्ष्मी कर्पोरेट क्रिकेट लिगको उपाधि आईसीएफसी फाइनान्सलाई

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ १८ गते १२:५३

काठमाडौं । महालक्ष्मी कर्पोरेट क्रिकेट लिगको उपाधि आईसीएफसी फाइनन्सले जितेको छ ।

महालक्ष्मी विकास बैंक लिमिटेडले २८औं वार्षिकोत्सवको अवसरमा आयोजना गरेको प्रतियोगितामा प्राइम बैंक दोस्रो र कामना सेवा विकास बैंक तेस्रो भएको बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर बमबहादुर मिश्र, महालक्ष्मी विकास बैंक लिमिटेडका अध्यक्ष राजेश उपाध्याय र प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटाले संयुक्त रुपमा विजेता टिमलाई ट्रफी, मेडल तथा प्रमाणपत्रहरु प्रदान गरेका थिए ।

इमाडोलस्थित बलपार्क इन्डोर क्रिकेटमा १३–१५ जेठसम्म आयोजित प्रतियोगितामा विभिन्न बैंक तथा वित्तीय संस्थाका १६ टिमले भाग लिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?