+
+

उद्योगका लागि पाम र पामोलिन तेल आयातको भन्सार शुल्क १० प्रतिशतमा झर्‍यो

तेल उद्योगीले जनाए आपत्ति

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ १८ गते १३:५७

१८ जेठ, काठमाडौं । सरकारले बजेटमार्फत औद्योगिक प्रयोजनाका लागि आयात गरिने पाम र पामोलिन प्रशोधित तेलको भन्सार शुल्क १० प्रतिशतमा झारेको छ ।

बजेटको नयाँ नीति पछि उद्योगले कच्चा पदार्थको रुपमा पाम र पामोलिन आयात गर्दा र उद्योगले तयारी तेल आयात गर्दा समान १० प्रतिशत मात्रै भन्सार शुल्क तिरे हुन्छ । यसअघि यस्तो तयारी तेलमा १५ प्रतिशत र कच्चा पदार्थमा १० प्रतिशत भन्सार शुल्क थियो ।

बजेटको नयाँ नीति पछि अब वनस्पती घ्यु, तेल, उद्योगले कच्चा पदार्थ आयात गर्दा भन्सार महसुल १० प्रतिशत नै यथावत छ । सरकारको नीतिले बिस्कुट, चाउचाउ लगायतका उद्योगको उतपादन लागत घटाउन मद्धत मिल्नेछ ।

सरकारले गरेको भन्सार दर हेरफेरपछि वनस्पति घ्यु तेल उद्योगीले भने सरकारको आलोचना गरेका छन् । भन्सार दर हेरफेरले आफ्ना उद्योगहरु संकटमा पर्ने दाबी नेपाल वनस्पति घ्यु तेल उत्पादक संघको छ । संघले निर्णय सच्याउन सरकारको ध्यानाकर्षण गराएको छ ।

‘प्रशोधित तेलका कारण मुलुकमा मूल्य अभिवृद्धि र अन्य बाइप्रडक्ट पनि उत्पादन भएको छ,’ संघले भनेको छ, ‘यसले विदेशी मुद्रा बाहिरिन थप मद्धत मिल्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?