
काठमाडौं । आईएमई पेले ‘रिफर एन्ड अर्न’ अफर ल्याएको छ । आइएमई पे एपका प्रयोगकर्ताहरुले आफ्नो एपमा रहेको ‘रिफर कोड’ आफ्ना साथी–भाइलाई सेयर गर्नुपर्ने हु्न्छ ।
प्रापकले सो कोड स्वीकारेर आईएमई पे एप डाउनलोड गरी केवाईसी रुजु भएर प्रयोग गरे पश्चात् दुवै जनाले रु. २५ बोनस पाउने छन् ।
आईएमई पेका अनुसार प्रयोगकर्ताले एउटा रिफर कोड धेरै पटक प्रयोग गर्न मिल्छ । साथै आफ्नो आईएमई पे एपको ‘रिफर फ्रेन्ड’ भागबाट वा https://app.imepay.com.np/links/invite बाट रिफर कोड प्राप्त गर्न सकिन्छ ।
आफ्नो सम्भावित ग्राहकलाई आईएमई पे एप डाउनलोड गरी डिजिटल भुक्तानी माध्यममा परिणत हुन प्रोत्साहन दिने यस्तो अफर ल्याएको आईएमई पेले जनाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4