
१८ जेठ, काठमाडौं । नक्कली बिल बनाई अदुवा खेती र तालिम गोष्ठीको रकम दुरुपयोग गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुई जनामाथि भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
अख्तियारले नेपाल नागरिक समाज(सिस नेपाल)का तत्कालीन अध्यक्ष ओमप्रकाश लामिछाने र साकाजिक परिचालक यामलाल घिमिरेविरुद्ध विशेष अदालतमा भ्रष्टाचारमुद्दा दायर गरेको हो ।
अख्तियारले उनीहरुमाथि १३ लाख ३७८ हजार रुपैयाँ दुरुपयोग गरेको आरोप लगाएको छ । उनीहरुले सुर्खेतको गढी, लेखगाउँ र कुनाथरीमा अदुवा खेतीका लागि रािष्ट्रय कृषि अनुसन्धान तथा विकास कोषबाट अनुदान लिएका थिए । तर रकम खर्च नगरी नक्कली बील बनाएको आरोप उनीहरुमाथि छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4