
काठमाडौं । माछापुच्छ्रे बैंकका ग्राहकहरुले महाराजगञ्जमा रहेको प्याथल्याब एण्ड डाइग्नोस्टिक सेन्टर प्रालि र ग्यालेक्सी स्पेसियलिटी क्लिनिक प्रालिले उपलब्ध गराउने स्वास्थ्य सम्बन्धी सेवामा विशेष छुट पाउने भएका छन् ।
माछापुच्छ्रे बैंकका ग्राहकहरूले दुवै स्वास्थ्य संस्थाले दिने स्वास्थ्य सम्बन्धी सुविधामा २५ प्रतिशतसम्म छुट पाउने सम्झौतापत्रमा हस्ताक्षर भएको बैंकले जनाएको छ ।
बैंकका ग्राहकहरूले उक्त छुट बैंकको डेबिट/क्रेडिट कार्ड तथा क्यूआर प्रयोग गरी बिल भुक्तानी गर्दा पाउन सक्नेछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4