+

एसीसी महिला टी-२० च्याम्पियनसिप जुन १७ देखि, नेपालसहित ८ राष्ट्रले खेल्ने

२०७९ जेठ  १८ गते २१:२१ २०७९ जेठ १८ गते २१:२१
एसीसी महिला टी-२० च्याम्पियनसिप जुन १७ देखि, नेपालसहित ८ राष्ट्रले खेल्ने

१८ जेठ, काठमाडौं । एसियन क्रिकेट काउन्सिल (एसीसी) को आयोजनामा एसीसी महिला टी-२० च्याम्पियनसिप यही जुन १७ (असार ३ गते) देखि मलेसियामा हुने भएको छ ।

एसीसीले बुधबार प्रतियोगिताको मिति र खेल्ने टिमसहित खेलतालिका पनि सार्वजनिक गरेको छ । जसमा आयोजक नेपालसहित ८ राष्ट्रले खेल्नेछन् ।

सहभागी टिमलाई दुई समूहमा विभाजन गरिएको छ । नेपाल, हङकङ, कुवेत, भुटान र बहराइन समूह बी मा छन् । यस्तै युएई,मलेसिया, ओमान, कतार र सिंगापुर छन् ।

नेपालले आफ्नो पहिलो खेल भुटानसँग जुन १७ मा युएसडी युकेएम ओभलमा खेल्नेछ । यस्तै कुवेतसँग जुन १८, बहराइनसँग जुन २० र हङकङसँग जुन २१ मा खेल्नेछ ।

दुवै समूहको शीर्ष दुई टिम सेमिफाइनल प्रवेश गर्नेछन् । सेमिफाइनलको दुवै खेल जुन २४ मा हुनेछ भने फाइनल खेल जुन २५ मा हुनेछ ।

क्रिकेट
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय