+
+

सरकारलाई एमाले सचिव अर्यालको प्रश्न : सिद्धार्थ राजमार्गको बजेट किन हटाइयो ?

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ १९ गते १८:२०

१९ जेठ, काठमाडौं। पोखरा-सुनौली जोड्ने सिद्धार्थ राजमार्ग स्तरोन्नतीका लागि बजेट विनियोजन नगरिएको प्रति एमाले सचिव पद्मा अर्यालले आपत्ति जनाइएकी छन् ।

सरकारले संसदमा पेश गरेको बजेट माथिको छलफलमा भाग लिने क्रममा एमाले सांसद अर्यालले बजेट पूर्वाग्रही रहेको टिप्पणी गरिन् ।

‘अघिल्लो सरकारले २०७८/०७९ बजेटको को बुँदा नम्बर २६९ मा सिद्धार्थ र कोहलपुर राजमार्गलाई स्तरोन्नती गर्न ७ अर्ब रकम विनियोजन गरिएको थियो ।’ पूर्वमन्त्री समेत रहेकी अर्यालले भनिन्,‘परियोजनाको डीपीआर बनिसकेको छ । ठेक्का गर्न सकिने अवस्थामा उक्त आयोजना पुगेको छ । यो आर्थिक वर्षमा ठेक्का पनि लगाइएन । अघिल्लो बजेटमा राखिएको उक्त आयोजनालाई समेटिएन । यो सम्बोधन किन भएन ?’

पोखरा र लुम्बिनी जोड्ने राजमार्गलाई सरकारले प्राथमिकतामा नराखेर पूर्वाग्रह राखेको उनले सदनमा बताइन् । अघिल्लो सरकारले सडक निर्माणलाई उच्च प्राथमिकता दिएको उल्लेख गर्दै वर्तमान सरकार पूर्वाग्रही बनेको बताइन् । ‘विगत सरकारले प्राथमिकतामा राखेको आयोजना यो सरकारको प्राथमिकतामा नपर्नुको कारण के?’ अर्यालले सरकारलाई प्रश्न गरिन् ।

बजेट गफले भरिएको उल्लेख गर्दै भनिन्, ‘बजेट कस्तो छ? गफै त हो नि सम्धी भने जस्तो छ ।’ कार्यक्रम राखिसकेपछि त्यसको सुनिश्चितताको लागि बजेट चाहिन्छ कि चाहिँदैन? भन्दै उनले जिज्ञासा राखिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?