
१९ जेठ, काठमाडौं । युरोपेली देश टर्की (Turkey) अब टर्किये (Turkiye) हुने भएको छ । टर्कीले नाम बदलेर टर्किये राख्नको लागि गरेको अनुरोधलाई संयुक्त राष्ट्र संघले स्वीकृत गरेको छ ।
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसका प्रवक्ता स्टेफेन डुजारिकका अनुसार टर्कीका विदेश मन्त्री मेभलुत काभुसोग्लुबाट राष्ट्रसंघ प्रमुखलाई देशको नाम परिवर्तन गर्न अनुरोध गरेको पत्र प्राप्त भएपछि तुरुन्तै यो निर्णय भएको हो ।
विदेशमन्त्री काभुसोग्लुले अन्तर्राष्ट्रिय क्षेत्रमा देशको प्रतिष्ठा बढाउने उद्देश्यका साथ हिज्जेमा परिवर्तन गरिएको बताएका छन् ।
नाम परिवर्तन गर्नुको कारण
सन् १९२३ मा स्वतन्त्र भएदेखि नै देशको नाम टर्की राखिएको थियो । तर टर्कीलाई टर्किस भाषामा टर्किये भनिने गरेको छ ।
तर अंग्रेजीमा टर्कीको अर्थ फरक छ । गुगलमा टर्की (Turkey) सर्च गर्दा भेटिने तस्वीरले नै यसबारेमा स्पष्ट हुन सकिन्छ । अर्थात गुगलमा टर्की खोज्दा ल्याटिन अमेरिकाको पंक्षी टर्की भेटिन्छ ।
क्याम्ब्रिज डिक्सनरीमा पनि टर्कीको अर्थ फरक छ । क्याम्ब्रिज डिक्सनरीले टर्कीको अर्थ बेबकुफ वा मुर्ख जनाउँछ ।
त्यसैले टर्कीले देशलाई अंग्रेजी नामबाट नभइ स्थानीय नामबाट नै चिनाउनका लागि राष्ट्र संघमा नाम परिवर्तनको प्रस्ताव राखेको थियो । यसअघि नै टर्कीका विभिन्न संघ संस्थाले आफ्नो नाममा टर्किये प्रयोग गर्न थालेका छन् ।
– एजेन्सीको सहयोगमा
प्रतिक्रिया 4