
१९ जेठ, काठमाडौं। प्रहरीले सडकमा पैदल हिंडिरहेकी महिलाको सिक्री लुटेको आरोपमा एकजना युवालाई पक्राउ गरेको छ ।
काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका-४ घर भई वडा ५ मा बस्ने ३५ वर्षीय राकेश नगरकोटीलाई प्रहरीले पक्राउ गरेको हो ।
उनको साथबाट प्रहरीले डेढ लाख बराबरको सुनको सिक्री बरामद गरेको छ ।
पक्राउ परेका नगरकोटीमाथि मुलुकी अपराध (संहिता) ऐन, २०७४ को परिच्छेद २० को दफा २४१ अनुसार डाँका चोरी सम्बन्धी कसूरमा काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर टेकुले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4