
२० जेठ, काठमाडौं । भारतको गुजरातस्थित वडोदरामा विहीबार राति एक रासायनिक कारखानामा भीषण विस्फोटसहित आगलागी भएको छ ।
बीबीसीका अनुसार दीपक नाइट्राइट कारखानामा ठूलो विस्फोटपछि भएको आगलागीमा परेका सात जनालाई अस्पताल भर्ना गरिएको छ । उनीहरूलाई धुँवाका कारण श्वासप्रश्वासमा समस्या देखापरेको छ ।
कारखाना नजिक रहेका ७०० मानिसलाई त्यहाँबाट हटाएर सुरक्षित स्थानतर्फ पठाइएको सरकारी अधिकारीहरूले जानकारी दिएका छन् । घटनास्थलमा आगो निभाउन तत्काल कैयौं दमकल पुगेका थिए । ठूलो विस्फोटपछि निस्किएको धुँवा टाढाटाढाबाट पनि देखिन्थ्यो ।
आगलागनी नियन्त्रणको प्रयास जारी रहेको र अहिलेसम्म मानवीय क्षतिको विवरण नआएको स्थानीय अधिकारीको भनाइ उद्धृत गर्दै बीबीसीले खबर लेखेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4